आइतबार बिहान थप १६ जना नयाँ संक्रमित फेला परेका छन्।
गण्डकी प्रदेशका ४ जिल्लामा थप १६ जना संक्रमित फेला परेका हुन्। बागलुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४ पुगेको छ।
थपिएका कोरोना १६ मध्ये १ जना महिला र १६ जना पुरुष रहेका छन्। सबै संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
