logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम


अंकुरण खबर
871
Shares

मनसुन सक्रिय भएपछि बाढी र पहिरोको जोखिम बढ्दै गएको छ । लगातारजसो झरी पर्न थालेपछि जमिन भिज्न थालेको छ ।

जमिनले पानी सोसेपछि पहाडमा पहिरो र तराईमा बाढी तथा डुबान हुन थालेको मौसमविद् बरुण पौडेलले बताए । ठूलो पानी परेको बेला नदी तथा खोलाखोल्सामा एक्कासी पानीको बहाव बढ्ने, पहाडमा पहिरो खस्ने, ढलको उचित निकास नभएका ठाउँमा सडक भत्कने र डुबान हुने भएकाले आवश्यक सतर्कता अपनाउन उनको आग्रह छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुन सक्रिय भएको छ । प्रदेश १ देखि सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा मनसुनी वायु र थोरै ठाउँमा पश्चिम वायुको प्रभाव रहेको छ । अहिले गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । आज बेलुका प्रदेश १, २ र वाग्मतीमा ठूलो पानी पर्ने सम्भावना छ ।

राति पनि सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली तथा बाँकी प्रदेशमा पूर्ण बदली रहने महाशाखाले जनाएको छ ।