logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज कतारबाट १४९ नेपाली स्वदेश फर्कदै


अंकुरण खबर
741
Shares

कोरोना महामारीका कारण समस्यामा परेका १४९ नेपाली आज कतारबाट स्वदेश फर्किरहेका छन्।

कतारको दोहास्थित नेपाली दूतावासका अनुसार उनीहरू कतारको दोहाबाट नेपाल एयरलाइन्सको २३९२ को उडानमार्फत काठमाडौं प्रस्थान गरिसकेका छन्।

अहिले नेपाल फर्किरहेकामा २९ सुत्केरीरगर्भवतीसहित ८२ महिला, ३ नाबालक र ६४ पुरुष रहेको दूतावासले जनाएको छ।

कतारबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उद्धार उडान गर्ने क्रममा यो पहिलो चरण हो। हिमालयको उडान जुन २२ र २४ हुने तालिका छ। हवाई भाडा यात्रु आफैंले ३९२ अमेरिकी डलर तिर्नुपर्नेछ।

त्यसरी विदेशबाट फर्किने नेपालीलाई पहिले १४ दिन क्वारेन्टिनमा राखेर मात्र सम्बन्धित ठेगानमा पठाइनेछ।