logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण


अंकुरण खबर
819
Shares

कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण  देखिएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका डा.लक्ष्मीनारायण तिवारीले थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १० जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा सल्यानका ६, सुर्खेतका दुई र दैलेखका दुईजनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए ।

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा रुकुम पशिचमका एक पुरुषमा कोरोना संक्रमण देखिएको उनले बताए ।

हालसम्म यस प्रदेशमा मात्र कोरोना भाइरस एक हजार २५६ जना देखिएको छ । यस प्रदेशमा हालसम्म कोरोना निको हुनेको संख्या ५३१ भएका छन् भने चारजनाको मृत्यु भएको छ ।