logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 गण्डकी प्रदेशमा फेरि १९ जना संक्रमित थपिए


अंकुरण खबर
1.755K
Shares

गण्डकी प्रदेशमा आइतबार दिउँसो १९ जना कोरोना संक्रमित थपिएका छन्।

थप भएका संक्रमितमा स्याङ्जाका १० जना छन् भने बागलुङ ५ जना छन्। त्यस्तै कास्कीका २ तथा नवलपरासी पूर्व र तनहुँका १-१ जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आइतबार थपिएकामा स्याङ्जामा २ महिला र ८ पुरुष छन् भने अन्य ठाउँमा पुरुष मात्र छन्। उनीहरु सबै भारतबाट फर्किएको र सम्बधित जिल्लाका क्वारेन्टिनमा बसिरहेका व्यक्ति भएको निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए।

गण्डकी प्रदेशमा आज बिहान मात्रै १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५२३ पुगेको छ।