क्वारेन्टिनबाट घर फर्किएका सुर्खेतका एक युवकको मृत्यु भएको छ।
भेरीगंगा–५ भर्रेनीका युवकको आज (आइतबार) बिहान मृत्यु भएको हो। कोरोनाको आशंकामा उनको पीसीआर परीक्षण गरिने भएको छ। नगर स्वास्थ्य इञ्चार्ज राजेश बुढाका अनुसार पीसीआर रिपोर्ट आएपछि मात्रै मृतकको दाहसंस्कार गरिने छ।
मृतक युवक छिन्चुस्थित शारदा माविमा रहेको क्वारेन्टिनमा १४ दिन बसेर जेठ २९ गते घर फर्किएका थिए। भेरीगंगा नगरपालिकाका उपमेयर रेणु आचार्यका अनुसार आरडीटी परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो।
स्वास्थ्यकर्मीका अनुसार मृतक युवालाई झाडापखाला देखिएको थियो। मृतक युवक जेठ १६ गते भारतबाट फर्किएका थिए।