सुदूरपश्चिममा आइतवार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ महिला र २४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
आइतवार संक्रमण हुनेमा सबै भन्दा बढि कैलालीका २९, डोटीका ५, कञ्चनपुरका ३, बाजुरा, बैतडी र डडेल्धुराका दुई दुई जना रहेका छन्।