logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज ४ सय २१ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ९ हजार नाघ्यो


अंकुरण खबर
1.365K
Shares

पछिल्लो २४ घण्टामा देशभर ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार नयाँ संक्रमित थपिएसँगै देशभर संक्रमितको संख्या ९ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १७३ जनाको कोरोना परीक्षण गरिएको छ।

देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा हाल ९४ हजार ९२८ व्यक्ति रहेका छन्। त्यस्तै ७ हजार २३१ जना आइसोलेसनमा छन्।

कोरोना संक्रमणमुक्त भएर पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७७२ रहेको छ। जसमा १ हजार ६२३ पुरुष र १४९ जना महिला छन्।