logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशका ७५ जिल्लामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या २३ पुग्यो


अंकुरण खबर
1.378K
Shares

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । आइतबार ४ सय २१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय २० महिला र ८ हजार २ सय ६ जना पुरुष रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गुल्मीमा एकजनाको कोरोनाबाट मृत्यु भएको बताए । असार ५ गते मृत्यु भएका गुल्मी छत्राकोट-५ का ६९ वर्षका पुरुषको मृत्यु भएको हो ।

लकडाउनकै समयमा उपचारका लागि भारत गएका ति पुरुष प्यारालाइसिसका विरामी थिए । असार ५ गते नमुना संकलन गरी प्रदेश प्रयोगशाला भैरहवामा भएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

कोरोना निको भएर घर फर्किनेहरुको संख्या १ हजार ७ सय ७२ पुगेको छ । मृत्यु हुनेको संख्या २३ पुगेको छ । अब कोरोना नदेखिएका २ जिल्लामा रसुवा र ओखलढुंगा मात्र बाँकी छ ।