logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि


अंकुरण खबर
1.3K
Shares

काठमाडौं उपत्यकामा आइतबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरकी एक महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

आइतबार देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पुष्टि भएका चार सय २१ संक्रमित मध्ये एक जना ललितपुरको रहेको उनले बताए।