logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप २० जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
2.509K
Shares

गण्डकी प्रदेशका दुई जिल्ला स्याङ्जा र नवलपुरमा थप २० जना कोरोना संक्रमित फेला परेका छन्।

संक्रमित मध्ये १२ जना स्याङ्जा र ८ जना नवलपुरका छन्।

प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ।

कोरोना संक्रमित पुष्टि भएका सबैजना भारतबाट फर्किएका व्यक्ति रहेका छन्। उनीहरु सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा बस्दै आएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।