logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसम :  भारी वर्षाको सम्भावना, बाढी-पहिरो र डुबानबाट सतर्क रहन महाशाखाको अनुरोध


अंकुरण खबर
1.157K
Shares

मनसुन सुरू भएसँगै मुलुकभर वर्षा जारी रहेको र अहिले पनि मुलुकका विभिन्न भागमा मध्यमस्तरको वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भारतको पूर्वी उत्तर प्रदेशको भू-भागमा निम्न चापीय प्रणाली अवस्थित रहेकाले त्यसको प्रभावले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र प्रदेश ५ का केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

अरु ठाउँमा पनि सामान्यदेखि मध्यम वर्षा हुने साथै भारी वर्षा हुने ठाउँका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

मनसुनी वायुको प्रभाव रहेकाले आज दिनभर नै पानी पर्ने मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ । यस्तै आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा समान्य बदली हुनेछ भने बाँकी प्रदेशमा पूर्ण बदली रहने र प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।