३ दिन अघि मात्र भारतको बैंग्लोरबाट आएर क्वारेन्टाइनमा बसेका एक जना युवकले आत्महत्या गरेका छन् ।
बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा ३० वर्षीय एक युवकले झुण्डिएर आत्महत्या गरेका हुन् ।
पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ गएको छ ।
आत्महत्या गरेका युवकको आरडीटीसमेत गर्न बाँकी थियो ।