logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइतबार मात्रै नौ सय बढि यात्रु नेपाल फर्किए


अंकुरण खबर
897
Shares

हिजो (आइतबार) एकैदिन अन्तर्राष्ट्रिय उडानबाट मात्रै ९२१ यात्रु नेपाल फर्किएका छन् ।

अन्तरराष्ट्रियतर्फ भएका १० उडानमार्फत् विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्किएका हुन् ।

त्रिभुबन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो जम्मा १६ चार्टर्ड उडान भएकोमा आन्तरिकतर्फ ६ यात्रु उद्धार तथा कार्गो उडान भएका थिए ।

नेपाल एयरलाइन्सले सर्वाधिक चार, हिमालय एयरलाइन्सले दुई, जजीरा एयरले दुई र फ्लाइट दुबईले समान दुई उडान गरेका थिए ।

आन्तरिकतर्फ आज तारा एयरको लुक्लामा एक, मनाङ एयरको लुक्लामा तीन उडान भएका छन् । कैशाल एयरको सङ्खुवासभामा एक र बुद्ध एयरको एक लोकल उडान भएको थियो।

यसअघि यही असार ५ गते पनि एकैदिन अन्तर्राष्ट्रियतर्फ नौ र आन्तरिकतर्फ पाँच गरी १५ उडान भएका थिए ।