कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएको भन्दै गुल्मीमा आठ महिने शिशुसहित १४ जना संक्रमितलाई घर पठाइएको छ ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का आठ महिने शिशुसहित १४ जना डिस्चार्ज भएका रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए । संक्रमित भएकाहरुमा कुनै पनि लक्षण नदेखिएकाले कोरोना मुक्त भएरनभएको जाँच नगरी घर पठाइएको छ ।
अर्यालका अनुसार, संक्रमण पुष्टि भएकाहरुलाई १४ दिनसम्म क्वारेन्टिन वा आइसोलेसनमा राख्दा पनि कोरोना संक्रमणको लक्षण नदेखिए पुनः परीक्षण नगरी डिस्चार्ज गर्ने स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशन अनुसार उनीहरुलाई जाँच नगरी घर पठाइएको हो।
उनीहरु गत जेठ १२ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका बेला कोरोना संक्रमण पुष्टि भएको थियो ।