कोरोना संक्रमितको सम्पर्कमा आएका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार बिहान गरिएको परीक्षणमा कर्णाली प्रदेश अस्पतालको प्रयोगशाला र एक्सरे कक्षमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको हो ।
यसअघि सो अस्पतालमा उपचार गराइरहेका तीन जनामा कोरोना संक्रमण पाइएको थियो । ती बिरामीमा कोरोना पाइएपछि उनीहरुको सम्पर्कमा आएका ४२ जनाको पीसीआर परीक्षण गरिएकोमा र पाँच जनामा संक्रमण भेटिएको छ ।
अहिले ती संक्रमित स्वास्थ्यकर्मीहरु अस्पतालको आइसोलेसनमा उपचार गराइरहेको बताइएको छ।