logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालको एउटै जिल्ला वाग्मती प्रदेश रसुवा कोरोनामुक्त


अंकुरण खबर
2.756K
Shares

नेपालका ७७ मध्ये ७६ वटा जिल्लामा कोरोना भाईरस (कोभिड-१९)को संक्रमण फैलिएको छ । एउटै जिल्लामा संक्रमण देखिएको छैन, त्यो हो रसुवा ।

वाग्मती प्रदेशको यो जिल्लामा थोरै जनसंख्या भएकाले चुस्त व्यवस्थापन गर्न सकिएको प्रमुख जिल्ला अधिकारी बताउँछन् । जिल्लाभरको जनसंख्या ५० हजारको हाराहारी मात्रै छ। चीनमा संक्रमण फैलिँदा नै रसुवागढी नाका बन्द गरिएको थियो।

गत वर्ष माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित पुष्टि भएका थिए । त्यसयता ५ महिनाको यो अवधीमा बितेको २ महिनामा संक्रमित ह्वात्तै बढेका छन् ।

हिजो (आईतबार) नियमित प्रेस ब्रिफिङमा मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।

कुल संक्रमितमध्ये ८२० जना महिला छन् भने ८ हजार २ सय ६ जना पुरुष छन् ।

पहिलो कोरोना संक्रमित देखिएको झण्डै पाँच महिनाको अवधिमा कोरोना भाइरसको कारण २३ जनाको मृत्यु भईसकेको छ । अहिलेसम्म १ हजार ७ सय ७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

यो संक्रमण ७६ जिल्लामा फैलिएको छ। तर अहिलेसम्म रसुवा जिल्लामा यो संक्रमण देखिएको छैन । स्वास्थ्य मन्त्रालयले स्थायी ठेगानाका आधारमा संक्रमितको जिल्लाको जानकारी दिने गरेको छ ।

ओखलढुंगाको लिखु गाउँपालिकाको २८ वर्षीय युवामा हिजो (आईतबार) कोरोना संक्रमण पुष्टि भएको हो। यो ओखलढुंगामा पहिलो ‘केस’ हो । उनी एक साताअघि भारतको गोरखपुरबाट जिल्ला प्रवेश गरेका थिए । उनलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो ।