logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा आज थपिए ५३५ कोरोना संक्रमित


अंकुरण खबर
689
Shares

पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५ सय ३५ जना संक्रमित थपिएका छन्।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका नयाँ संक्रमितहरुमा ७४ जना महिला र ४ सय ६१ जना पुरुष रहेको बताए।

मन्त्रालयले जनाएअनुसार सोमबारसम्म देशभरका ७६ जिल्लामा संक्रमण फैलिएको छ।

त्यस्तै आज कोरोना जितेर ३२ जना महिला र ३३८ जना पुरुष डिस्चार्ज भएका छन्। हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १६१ महिला र १ हजार ९६१ पुरुष गरी जम्मा २ हजार १४२ डिस्चार्ज भएका छन्।