logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा थपिए १३ जना कोरोना संक्रमित


अंकुरण खबर
1.014K
Shares

दाङमा १३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोरीमा गरिएको नमूना परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

घोराही उपमहानगरपालिका–२ का तीन, घोराही उपमहानगरपालिका–३ का दुई, घोराही उपमहानगरपालिका–६ का सात र घोराही उपमहानगरपालिका–५ का एकजनामा संक्रमण देखिएको हो।

३७७ जनाको नमूना परीक्षण गरिएको १३ जनामा संक्रमण देखिएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।