logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन खुकुलो भएसंगै नेपालमा कोरोना संक्रमण अझ बढ्न सक्ने डब्ल्युएचओको चेतावनी


अंकुरण खबर
1.794K
Shares

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा लकडाउन खुकुलो हुँदै गएकोले कोरोना संक्रमण अझ बढ्न सक्ने चेतावनी दिएको छ ।

नेपालस्थित कार्यालयले सोमबार एक अपील जारी गर्दै आम सर्वसाधारणलाई सजगता अपनाउन आग्रह गरेको छ । कोरोनाको शिकार हुनबाट बच्न सामाजिक दूरी कायम गर्ने, माक्स लगाउने, साबुनपानी हात धुने लगायतका नियमहरु पालन गर्न पनि आग्रह गरिएको छ ।

डब्लूएचओको नेपालस्थित कार्यालयका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लकडाउन खुकुलो बनाएपनि कोरोनाको महामारी अहिलेनै नटरेको कारण कोरोनाबाट बच्न सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

भ्यान्डेलरले नेपालमा हाल सबै कार्यलयहरु खुलेको र मानिसहरुको आफन्तबीच भेटघाट हुने क्रम सुरु भएको हँदा कोरोनाको शिकार हुन सक्ने भएकोले आफै सचेत भएर त्यसबाट बच्न आवश्यक रहेको जनाएका छन् ।

भ्यान्डेलरले कोरोना संक्रमणलाई घटाउने एक उपाय लकडाउन भएको बताएका छन् । उनले कोरोनाबाट टाढा रहन कोरानाविरुद्धको नीति नियम जस्तै भीडभाडमा नजाने, सामाजिक दूरी बनाउने, माक्स लगाउने लगायतलाई निरन्तर आत्मसाथ गर्न पनि सुझाव दिएका छन् ।