नेपालमा आज ५३५ नयाँ कोरोना संक्रमित थप हुँदै कुल संक्रमितको संख्या नौ हजार ५६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या नौ हजार ५६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
हालसम्म ७६ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिइसकेको छ । अब एउटा रसुवा जिल्ला मात्र कोरोना संक्रमणबाट जोगिएको छ ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोशालामा भएको परीक्षणमा नयाँ संक्रमित हुनेहरुमा मोरङका १२, सप्तरीका १५, झापाका ३, धनुषका १०, महोत्तरीका १, अछामका २, अर्घाखाँचीका ९, बैतडीका १४, डडेलधुराका १५, डोटीका ७, गुल्मीका ५६, जाजरकोटका १, कैलालीका ५८, नवलपरासीका ५, सर्लाहीका ४७, सिन्धुपाल्चोकका २, सिरहाका २३, स्याङ्जाको ३३, पाल्पाका ९०, प्युठानका ३०, रौतहटका ३४, रुपन्देहीका १३, चितवनका ५, नवलपरासी पूर्वका २४, ओखलढुङ्गाका १, तनहुँका ११ र दाङका १३ जना रहेका छन् ।