सरकारले अस्ट्रेलिया र न्युजिल्यान्डमा अलपत्र नेपालीको आज उद्धार गर्ने भएको छ ।
नेपाल एयरलाइन्सको विमानमार्फत २ सय ५९ जनाको आज उद्धार गर्न लागिएको हो । नेपाल एयरलाइन्सका अनुसार, अस्ट्रेलियाबाट पहिलोपटक हुन लागेको उद्धारका लागि विमान सिड्नी पुगिसकेको छ ।
उक्त विमान त्यहाँको स्थानीय समयअनुसार, १ बजे नेपालतर्फ प्रस्थान गर्ने तालिका छ ।
उद्धार गर्न लागिएका सबै ४ महिनादेखि त्यहाँ अलपत्र छन् । यीमध्ये ११ जना न्यजिल्यान्डमा रहेका थिए भने बाँकी अस्ट्रेलियामा उद्धारको पर्खाइ गरिररहेकाहरू हुन् । न्युजिल्यान्डमा रहेका सिड्नी पुगिसकेको अस्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ ।
कोरोना परीक्षणपछि मात्रै उनीहरूको उद्धार गर्न लागिएको हो । नेपाल आएपछि उनीहरूलाई होल्डिङ सेन्टरमा राखेर होम क्वारेन्टिनमा पठाइने योजना छ ।