मनसुन सुरु भईसकेको छ । केही दिनदेखि जारी वर्षा अझै रोकिएको छैन।
मंगलबार बिहान पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पुर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार अहिले प्रदेश १ र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ । प्रदेश २, वाग्मती, गण्डकी, प्रदेश ५ र कर्णालीमा पनि हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, कैलाली, कञ्चनपुरमा भारी वर्षा हुनेसक्ने जनाईएको छ ।
नदीमा पानीको बहाव बढ्ने भएकाले छेउछाउका बस्तीमा थप सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।