१४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । गुल्मीमा जिल्लाको रेसुङ्गा नगरपालिकाका आठ महिनाका शिशुसहित १४ जना कोरोना संकमितलाई डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज भएकाहरू १४ दिन आइसुलेसनमा बसेर डिस्चार्ज भएका हुन् । संक्रमित भएकाहरूमा कुनै पनि लक्षण नदेखिएकाले पुनः कोरोनामुक्त भएरनभएको भने चेकजाँच नगरी पठाइएको अर्यालले बताए ।
पछिल्लो निर्देशनअनुसार संक्रमण पुष्टी भए पनि कोरोनाको लक्षण कुनै पनि नदेखिए पुनः चेकजाँच गर्न नपर्ने नियम भएकाले चेकजाँच नगरी घर पठाइएको उनले बताए।
डिस्चार्ज हुनेहरू जिल्लाको रेसुङ्गा नगरपालिका–४ का आठ महिनाका शिशु, १८ वर्षकी महिला, वडा नम्बर १ का ३० वर्षका, वडा नम्बर २ को ३१ वर्षका पुरुष, वडा नम्बर ७ का २३ वर्षका पुरुष, वडा नम्बर १० का २६ वर्षका र २० वर्षका पुरुष, वडा नम्बर ११ का २४ वर्षका पुरुष, वडा नम्बर १२ का २० वर्षका, १८ वर्षका, २३ वर्षका, २४ वर्षका पुरुष, वडा नम्बर १३ का २२ वर्षकी महिला र २४ वर्षका पुरुष डिस्चार्ज गरिएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए।
गत जेठ १२ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका बेला कोरोना संक्रमण पुष्टी भएको थियो।