सुदूरपश्चिम प्रदेशमा कार्यरत थप दुई जना प्रहरीमा कोरोना पुष्टि भएको छ।
अछाम र बाजुरामा कार्यरत दुई जना प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । दुबै प्रहरी जवानको सम्बन्धित जिल्लाको आईसोलेसनमा राखेर उपचार भईरहेको छ ।
यसअघि सुदूरपश्चिममा कार्यरत दुई जना महिला प्रहरीसहित तीन जना प्रहरीमा कोरोना पुष्टि भएको थियो। ति मध्ये दुई जना संक्रमित महिला प्रहरी भने कोरोनालाई जितेर डिस्चार्ज भईसकेका छन्।