logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा स्थायी कमिटी बैठक बुधबार बस्ने


अंकुरण खबर
1.716K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक (भोलि) बुधबार बस्ने भएको छ ।

बैठक भोलि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिइन्।

यसअघि गत वैशाख ३१ गते पार्टी केन्द्रीय मुख्यालय धूम्रबाराहीमा बस्ने भनिएको बैठक स्थायी कमिटी सदस्यको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको थियो ।