logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाल्पामा पहिरो अपडेट : मृतक तीनै जनाको पहिचान खुल्यो


अंकुरण खबर
1.521K
Shares

तानसेनको सम्मोबारीमा पहिरोले गाडी बगाउँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ ।

पाल्पाका डीएसपी मदन गिरीका अनुसार मुत्यु हुनेमा चितवन भरतपुर नगरपालिका–२९ बांगेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पा रिब्दीकोट गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भुवन खाम्चा र काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–८ हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठ छन् ।

घटनास्थलमा प्राप्त काजगपत्रका आधारमा मृतकका आफन्तसँग सम्पर्क भइसकेको डीएसपी गिरीले बताए ।

प्रहरीले घटनास्थलबाट दुई जनाको शव निकालेको थियो भने एक जनालाई जिवितै उद्धार गरी उपचारका लागि मिसन अस्पताल पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको लु २ ख १३७६ नम्बरको ट्रक र लु १ क १९२८ नम्बरको पानी बोक्ने ट्यांकरलाई पहिरोले बगाएको थियो । सडकमाथिबाट खसेको पहिरोले लु १ च ७०११ नम्बरको कार र लु २ च ७०४३ नम्बरको जिपमा समेत क्षति पुर्‍याएको थियो ।