गण्डकी प्रदेशबाट आज ११ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाको संक्रमण भई धौलागिरी अस्पतालको आईसोलेसनमा रहेका बाग्लुङ गल्कोटका १ जना, निसीखोला गाउँपालिकाका २ जना, ताराखोला गाउँपालिकाका १ जना, बडीगाड गाउँपालिकाका ५ जना, बरेंङ गाउँपालिकाका २ जना गरि ११ जना संक्रमितहरु संक्रमणमुक्त भएका हुन् ।
गण्डकीमा हालसम्म ५९३ जना संक्रमित भेटिएका छन् ।