logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

३ वर्षीय बालकसहित गोरखामा १८ जनामा कोरोना पुष्टि


अंकुरण खबर
754
Shares

गोरखामा मंगलबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भीमसेन थापा गाउँपालिकाका १२, शहिद लखन गाउँपालिकाका ३ र बारपाक सुलिकोट, गण्डकी र अजिरकोट गाउँपालिकाका १र१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै गोरखामा संक्रमितको संख्या ६९ पुगेको छ । त्यसमध्ये ८ जना निको भएर घर फर्किसकेका छन् ।

मंगलबार थपिएका संक्रमितमा ३ वर्षीय बालकदेखि ५८ वर्ष उमेर समूहका छन् । उनीहरु मध्ये अधिकांश भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए ।