logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा एकै दिन थप ५३८ कोरोना सङ्क्रमण पुष्टि


अंकुरण खबर
1.131K
Shares

नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १० हजार नाघेको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार संक्रमित नाघेको जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा देशभर ५३८ संक्रमित थपिएसँगै देशभर संक्रमितको कुल संख्या १० हजार ९९ सय पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मुलुकभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार २२४ पुगेको छ। त्यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ।

अहिलेसम्म ८५ हजार ८१३ जना क्वारेन्टिनमा रहेका छन् भने कोरोना संक्रमणपछि आइसोलेसनमा बसिरहेका व्यक्तिको संख्या ७ हजार ८५१ रहेको छ।