दाङमा मंगलबार १९ जना कोरोना संक्रमित थपिएका छन्। योसहित दाङमा कोरोना संक्रमित हुनेको सख्या २९९ पुगेको छ ।
राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बंगलाचुलीका १८ र लमहीका एकजनामा कोराना पुष्टि भएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा बंगलाचुली गाउँपालिका ३, ४, ५,८ नं वडाका १८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित ११ देखि ४३ वर्षसम्मका रहेका छन्।
त्यसै गरेर लमही नगरपालिका ६ का एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनी १७ वर्षका रहेका छन्।
संक्रमितहरु भारतमा मजदुरी गर्न गएका रहेका छन्।