logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप ७६ कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या २ हजार २२४ पुग्यो


अंकुरण खबर
1.378K
Shares

पछिल्लो २४ घण्टामा थप ७६ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट घर फर्किएका छन् ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो पटक ८ महिला र ६८ जना गरी ७६ जना निको भएका हुन्। योसहित नेपालमा हालसम्म जना २ हजार २ सय २४ उपचारपछि निको भएका छन्।

हालसम्म नेपालमा १० हजार ९९ जना कोरोना संक्रमण पाइएको छ।