logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसको आयुर्वेदिक औषधि बनाएको बाबा रामदेवको दाबी


अंकुरण खबर
1.755K
Shares

योग गुरुबाबा रामदेवले उनको कम्पनी पतञ्जलीले कोरोना भाइरसको आयुर्वेदिक औषधि बनाउन सफल भएको दाबी गरेका छन् ।

उनले आज पत्रकार सम्मेलन गरी कोरोना भाइरसको औषधि बनाएको दाबी गरेका हुन् । पतञ्जलीले कोरोना भाइरस औषधिको नाम ‘कोरोनिल’ राखेको छ । कोरोनिल अनुसन्धानमा आधारित चिकित्सकीय परीक्षणबाट प्रमाणित औषधि भएको बाबा रामदेवले दाबी गरे।

कोरोनिलको प्रयोगले तीन दिनमा ६९ प्रतिशत रोगी निको भएको उनले बताए ।  २८० जनाको परिक्षण गर्दा ‘कोरोनिल’ ले सबै कोभिड-१९ का संक्रमितलाई ठिक पारेको बाबा रामदेवले दाबी गरेका छन् ।

हरिद्वारमा आयोजित कार्यक्रममा औषधी मात्र सार्वजनीक गरेनन् उनले कोरोनामा रामबाण समेत हुने सुनाए । कोरोनिलले स्वासप्रश्वास प्रणाली मजबुत बनाउनुको साथै रुघा र ज्वरो पनि ठिक पार्ने उनले जनाए ।