logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा स्थायी समिति बैठक आज बस्दै के-के विषयमा हुँदैछ छलफल ?


अंकुरण खबर
1.534K
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसुची छ ।

यसअघि स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आएको थियो । बैठकमा सरकारको कार्य सञ्चालन र मिलेनियम च्यालेञ्ज कर्पोरेशन एससीसी विवादमा केन्द्रित भएर छलफल हुने अनुमान गरिएको छ ।  सरकार र दलको कामको समीक्षा, आगामी दिनको कार्यभार र पार्टी एकताका बाँकी विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

त्यस्तै कोरोना भाइरस संक्रमण नियन्त्रणमा सरकारको भुमिकाका विषयमा पनि बैठकमा समीक्षा हुने बताइएको छ ।

बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि सहभागी हुनेछन् ।