बैतडीको सदरमुकाम क्षेत्र आजदेखि सिल गरिएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दशरथचन्द नगरपालिका सिल गरिएको हो । नगरपालिकाले असार १६ गतेसम्म सिल गर्ने निर्णय गरेको हो ।
अत्यावश्यक खाद्यान्न, दूधका ट्यांकर, एम्बुलेन्स लगायतका साधनहरु सञ्चालन हुन पाउने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभित्रका बैंक तथा वित्तिय संस्था हप्ताको तीन दिन आइतबार, मंगलबार र बिहीबार मात्रै खोल्ने ब्यवस्था गरिएको छ । दशरथचन्द नगरपालिकामा अहिलेसम्म २९ जनामा संक्रमण देखिएको छ ।