कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार राति गरिएको पीसीआर परीक्षणमा अस्पतालमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीहरु क्वारेन्टाइ र आइसोलेसनमा बसेका नागरिकको रेखदेखमा खटिएका थिए । स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अस्पतालले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुको पीसीआर परीक्षण गर्ने तयारी गरिएको छ ।