logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यात्रुबाहक बसमा बम विष्फोट गराएको आरोपमा दश वर्षपछि दुईजना पक्राउ


अंकुरण खबर
858
Shares

दश वर्षअघि यात्रुबाहक बसमा बम विस्फोट गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले दुई जनालाई पक्राउ गरेको छ ।

२०६७ सालमा गौर–चन्द्रनिगाहपुर सडकखण्डको हजमिनियामा भएको बम विष्फोटको आरोपमा प्रहरीले इशनाथ नगरपालिका रामपुरखापका शेख गुलाम सरवर र दिलिप कुमार साहलाई पक्राउ गरेको हो ।

सो विष्फोटको जिम्मा तत्कालिन भूमिगत समूह तराई जनतान्त्रीक मुक्ती मोर्चाले लिएको थियो । दुवै जनामाथि ज्यान मार्ने उद्योग तथा विष्फोटक पदार्थ सम्बन्धी मुद्दा अदालतमा विचाराधिन रहेको छ ।

२०६७ साल चैत्र ११ गते गौरबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको ना २ ख ५७२१ नम्बरको यात्रुबाहक बसमा विष्फोट हुँदा १३ जना घाइते भएका थिए ।