logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सापटी रकम लिन बोलाएर बलात्कार गरेको आरोपमा पक्राउ


अंकुरण खबर
1.027K
Shares

ललितपुरमा सापटी रकम लिन बोलाएर बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–१४ तिखेदेवल बस्ने महोत्तरी मगहा नगरपालिका–२ का ३५ वर्षीय लालबाबु सदालाई प्रहरीले पक्राउ गरेको हो ।

गत जेठ २७ गते ती महिलालाई ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित निर्माणाधीन घरमा सापटी रकम लिन बोलाई जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।