logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिममा थपिए ५७ कोरोना संक्रमित


अंकुरण खबर
676
Shares

सुदूरपश्चिम प्रदेशमा आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा १० महिला र ४७ पुरुष गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ।

कोरोना संक्रमण पुष्टि भएका सबै कैलाली जिल्लाका हुन्।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले लम्की चुहा नगरपालिकामा २५ जना र गोदावरी नगरपालिकाका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या एक हजार ३१८ पुगेको छ।