logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली दाहालद्वारा सम्बोधनपछि नेकपा बैठक पर्सीसम्मका लागि स्थगित


अंकुरण खबर
741
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक (पर्सीसम्मका लागि स्थगित) बिना निष्कर्ष सकिएको छ।

विवादित एमसीसी सम्झौताबारे आजको बैठकले टुङ्गो लगाउने भनिए पनि कुनै छलफल नभएरै सकिएको हो। बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले मात्रै धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए बताए।

सुरुमा बोलेका प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गर्दा पनि सहयोग नपाएको भनी गुनासो गरेका थिए भने अध्यक्ष प्रचण्डले सरकारबाट जन्तामा निराशा बढेको बताएका थिए।

अर्को बैठक शुक्रबार १२ गते विहान ११ बजे बस्ने सहमतिमा पर्सीसम्मका लागि स्थगित भएको छ।