logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्वारेन्टिनमा बसेका एक पुरुषले झुण्डिएर गरे आत्महत्या


अंकुरण खबर
1.82K
Shares

तनहुँमा क्वारेन्टिनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका छन् ।

घिरिङ गाउँपालिका-, सुन्धाराको चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका पुरुषले मंगलवार राति झुण्डिएर आत्महत्या गरेका हुन् ।

उनी असार ६ गतेदेखि उक्त स्कूलको क्वारेन्टिनमा बस्दै आएका थिए । अन्दाजी ४९ वर्षीय पुरुषले आत्महत्या गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद रिमालले जानकारी दिए । ती पुरुषले क्वारेन्टिनको कोठामा पंखामा झुण्डिएर आत्महत्या गरेको उनले बताए ।

ती व्यक्ति भारतको पुनेबाट असार ३ गते आएर सरस्वती माविको क्वारेन्टिनमा बसेका थिए । असार ५ गते उनी त्यहाँबाट भागेका थिए । त्यसपछि गाउँ नजिकैको जंगलमा भेटाएर असार ६ गते फेरि चन्द्रज्योति माविको क्वारेन्टिनमा राखिएको थियो ।

घटना स्थलबाट मृतकको मुचुल्का तयार पार्ने कार्य भएको जनाइएको छ । मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने पनि जनाइएको छ ।