logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा एकै दिन ६२९ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
936
Shares

पछिल्लो २४ घण्टामा देशभर ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसहित देशभर कोरोना संक्रमितको कुल संख्या १० हजार ७२८ पुगेको छ।

आज (बुधबार) ११० महिलामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५१९ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा ११४ जना डिस्चार्ज भएका छन्। हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या २ हजार ३३८ पुगेको छ। जसमा १९७ महिला र २ हजार १४१ पुरुष रहेका छन्।

संक्रमित मध्ये २४ जनाको मृत्यु भएको छ।