logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी


अंकुरण खबर
2.34K
Shares

आज (बुधबार) जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) मा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरिएको हो।

समुदायस्थरमा कोरोना फैलिन नदिन सदरमुकाममा आज दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

प्रशासनका अनुसार चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिल्ला नदीसहितका चार किल्ला क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले विज्ञप्ति जारी गर्दै आज दिउँसो ३ बजेबाट अर्को निर्णय नभएसम्मका लागि निषेधाज्ञ जारी गरिएको जानकारी दिए।