काठमाडौं उपत्यकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएका हुन्।
प्रवक्ता डा. गौतमका अनुसार, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा काठमाडौंका एक पुरुष र पाटन अस्पताल ललितपुरको प्रयोगशालमा गरिएको परीक्षणमा ललितपुरकी एक महिलामा कोरोना संक्रमण देखिएको हो।