रुकुमपश्चिम घट्नाको विरोधमा देशैभरि विरोध तथा प्रदर्शन भैरहेको छ ।
आज (बुधबार) बालुवाटारमा धर्ना बसेका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंमा संयुक्त राजनीतिक दलित संघर्ष समिति, काठमाडौं र दलित नागरिक समाजले रुकुमपश्चिमको सोती नरसंहार, रुपन्देही देवदहकी १३ वर्षीया अंगिरा पासीको बलात्कारपछि हत्या प्रकरण र धनुषा सवैलाका २३ वर्षीया शम्भु सदाको हत्याकाण्डका दोषीलाई छिटोभन्दा छिटो कानूनी कारबाही, पीडितलाई न्याय र पीडित परिवारको सुरक्षाको माग गर्दै उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना र तथा प्रदर्शन गरेका थिए ।
उनीहरुले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पनि बुझाउने तयारी गरेका थिए । तर, प्रहरीले चार पाँच जना सांसदसहित प्रदर्शनमा उत्रिएका करिब एक दर्जनलाई गिरफ्तार गरेको छ ।
उनीहरुलाई अहिले प्रदर्शनमार्गस्थित् पुलिस क्लबमा राखिएको जनाइएको छ ।