कञ्चनपुरमा एकदिनमा अहिलेसम्कै बढी कोरोना संक्रमित थपिएका छन् ।
यससँगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या २०३ पुगेको छ ।
कृष्णपुर नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेका एक सय ९१ जनाको स्वाव संकलन गरेर काठमाडौं पठाइएको र त्यसमध्ये ८५ जनाको नतिजा पोजेटिभ आएको स्रोतले जनाएको छ ।
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एक हजार ५४९ पुगेको छ ।