logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

दोलखामा करेन्ट लागेर एक जनाको मृत्यु


अंकुरण खबर
1.43K
Shares

दोलखामा करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेलुङ गाउँपालिका–७ ज्यामिरेका ३० वर्षीय सुवास कार्की रहेका छन् । घरदेखि अन्दाजी १ किमी दक्षिणतर्फ रहेको आफ्नै खेतमा रोपाइँका लागि मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट सर्ट हुँदा उनी गम्भीर घाइते भएका थिए ।

करेन्ट लागेर घाइते भएका कार्कीको धुलिखेल शाखा अस्पताल किर्नेटारमा उपचारको क्रममा मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट तर्फ पठाइएको छ ।