logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा कोरोना संक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु


अंकुरण खबर
1.963K
Shares

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

पछिल्लो पटक मृत्यु हुनेमा स्याङ्जाका ५५ वर्षीय पुरुष रहेको बताइएको छ ।

गएराति ११ः३५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको आईसियुमा उपचार भइरहेको थियो ।

असार ८ गते भर्ना भएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो । यस अघि पनि कोरोना संक्रमित स्याङ्जाकै एक बिरामीको पोखरामा मृत्यु भएको थियो ।