logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर मौसम बदली, केही ठाउँमा भारी वर्षाको सम्भावना


अंकुरण खबर
1.326K
Shares

आज देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी वायुको प्रभावले देशभर नै मौसम बदली रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभाग नजिक रहेको र न्यूनचापीय रेखा नेपालतर्फ हुँदा मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् ।

अहिले प्रदेश १, २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ । अहिले सामान्य बदली रहेको वाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा दिउँसो भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेश तथा कर्णालीका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।

वर्षा हुने क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध छ।