logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कतारबाट स्वदेश फर्किए १ सय ५८ नेपाली


अंकुरण खबर
1.066K
Shares

कोरोनाभाइरसको महामारीका कारण कतारमा समस्यामा परेका एक सय ५८ जना नेपाली आज नेपाल फर्किएका छन् ।

हिमालयन एयरलाइन्स उडान न एचआईएम–५६३२ मार्फत कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट  स्थानीय समय अनुसार बिहान २ः०७ बजे एक सय ५८ जना स्वदेश फर्किएका हुन् ।

फर्कनेहरुमा ३ जना गर्भवती, ७ जना सुत्केरी, २ जना नाबालक र १ सय ४६ जना पुरुष रहेका छन्।

आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी, जागिर गुमेका पीडितहरु छन् । उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन्।

उनीहरुलाई विमानस्थलमा नै निःशुल्क कोभिड-१९ परीक्षण गरिएको थियो । नेपाली दूतावास दोहाका अनुसार यो पहिलो चरणको तेस्रो उडान हो।